Kathmandu Press

वडाअध्यक्षद्वारा रुकुमपश्चिमको अस्थाई प्रहरी पोष्टमा आक्रमण

काठमाडौं, जेठ २१ : रुकुमपश्चिमको मुसिकोट नगरपालिका १३ का वडाअध्यक्षले छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका छन्। मदिरा सेवन गरी गएक....

वडाअध्यक्षद्वारा रुकुमपश्चिमको अस्थाई प्रहरी पोष्टमा आक्रमण

काठमाडौं, जेठ २१ : रुकुमपश्चिमको मुसिकोट नगरपालिका १३ का वडाअध्यक्षले छिवाङ ज्युउलाको अस्थायी प्रहरी पोष्टमा आक्रमण गरेका छन्। मदिरा सेवन गरी गएका वडाध्यक्ष दीपक केसी नेतृत्वको टोलीले मंगलबार बेलुका प्रहरी चौकीमा आक्रमण गरेका हुन्।

प्रहरी चौकीका प्रहरी इन्चार्जसँग विवाद भएपछि केसीले गाउँका केही युवा ल्याएर चौकीमा आक्रमण गरेको प्रहरीले जनाएको छ। आक्रमणको कारण प्रहरी चौकीको सम्पूर्ण सामानमा क्षति पुगेको छ।

घटनापछि वडाध्यक्ष केसीलगायत युवाको समूहफरार रहेकोले खोजीकार्य भइरहेको प्रहरीले जनाएको छ। 

प्रकाशित मिति: १२:४७ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्