Kathmandu Press

लकडाउनमा लभ स्टोरी लेख्दै सलमान

काठमाडौं, जेठ २१ : बलिउड सुपरस्टार सलमान खान यतिवेला लेखनमा व्यस्त छन्। परिवारसँगै सेल्फक्वारेन्टाइनमा बसिरहेका उनी लभ स्टोरी लेखिरहेको जनाएको छ।

....
लकडाउनमा लभ स्टोरी लेख्दै सलमान

काठमाडौं, जेठ २१ : बलिउड सुपरस्टार सलमान खान यतिवेला लेखनमा व्यस्त छन्। परिवारसँगै सेल्फक्वारेन्टाइनमा बसिरहेका उनी लभ स्टोरी लेखिरहेको जनाएको छ।

लकडाउन सुरु भएसँगै उनी फार्म हाउसमा बसिरहेका छन्। परिवारसँगै केही उनका साथीभाइ पनि फार्म हाउसमा रहेका छन्।

Hardik ivf

उनले लकडाउनमै दुई वटा गीत पनि सार्वजनिक गरेका छन्। ति गीत पनि उनले लकडाउनकै समयमा लेखेका थिए।

उनको नयाँ फिल्म राधे आउँदै छ। त्यसको पर्खाइमा रहेका उनी केही फुर्सदिला पनि भएका छन्। जसले गर्दा लेखनमा लागेको भारतीय मिडियाले जनाएका छन्।

उनी युवालाई लक्षित गरेर लभ स्टोरी लेखिरहेको जनाएको छ। जुन उनले आफ्ना साथीभाइसँग सेयर गरेका छन्।

सलमान दैनिक तीन चार घन्टा लेखनमा बिताइरहेका छन्। उनले यसलाई लामो समयदेखि लेख्न खोजेको भएपनि वातावरण मिलेको थिएन्। अहिले भने लकडाउनका समयमा सेल्फ क्वारेन्टाइनमा रहँदा सहज भएको जनाएका छन्।

यो वर्षको अन्त्यसम्म स्क्रिप्ट तयार हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति: १२:०० बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्