कांग्रेस केन्द्रीय सदस्यमा अम्बिका चलाउने भारी मतान्तरसहित विजयी
कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेश महिलातर्फ ३ हजार ७५५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
काठमाडौं असोज २७ : नेपाली कांग्रेसको केन्द्रीय सदस्यमा अम्बिका चलाउने भारी मतान्तरसहित विजयी भएकी छन्।
कांग्रेसको १५औँ महाधिवेशनबाट सुदूरपश्चिम प्रदेश महिलातर्फ ३ हजार ७५५ मत प्राप्त गर्दै केन्द्रीय सदस्यमा निर्वाचित भएकी हुन्।
उनकी निकटतम प्रतिस्पर्धी सुशीला शाहीलाई २ हजार ११३ मतान्तरले पछि पार्दै उनी केन्द्रिय सदस्यमा निर्वाचित भएकी हुन्। शाहीले १ हजार ६४२ मत प्राप्त गरेकी छन् भने खिना भण्डारीले ७७५ र टिकेश्वरी कुमार हमालले ४९० मत प्राप्त गरेका छन्।
विद्यार्थी राजनीतिबाट आफ्नो राजनीतिक यात्रा सुरु गरेकी चलाउने पार्टी संगठनमा विभिन्न जिम्मेवारी सम्हाल्दै कांग्रेसको केन्द्रीय नेतृत्वसम्म पुगेकी हुन्।
अछामको पञ्चदेवल क्याम्पसको स्ववियु सभापतिको जिम्मेवारीबाट राजनीतिक यात्रा सुरु गरेकी चलाउने हाल पञ्चदेवल विनायक नगरपालिकाको नगरप्रमुख हुन्।
प्रकाशित मिति: २०:२३ बजे, मंगलबार, असोज २७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











