घुस लिएको अभियोगमा दुई सहायक वन अधिकृत पक्राउ
ताप्लेजुङ, जेठ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ। डिभ....

ताप्लेजुङ, जेठ २१ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा ताप्लेजुङका दुई सहायक वन अधिकृतलाई पक्राउ गरेको छ। डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृतद्वय वीरेन्द्र शाह र जीवनकुमार यादवलाई मंगलबार साँझ दुई लाख रुपैयाँ घुससहित रंगेहात पक्राउ गरेको हो।
उनीहरुले सेतक चिनीको छोडपूर्जी बनाएवापत सेवाग्राहीसँग घुस माग्ने गरेको भन्ने सूचना अख्तियारमा पुगेको थियो। सोहीअनुसार अख्तियारको इटहरी कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट एकरएक लाख घुस लिँदै गर्दा रंगेहात नियन्त्रणमा लिइएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय इटहरीका प्रमुख चक्रबहादुर बुढाले जानकारी दिए।
नियन्त्रणमा लिइएका दुवै जनालाई थप अनुसन्धानका लागि काठमाडौं पठाइने बताइएको छ। अख्तियारका अनुसार सेवाग्राही र सेवा प्रदायकबीच कार्यालयमा नै घुस रकमको लेनदेन भएको थियो।











