Kathmandu Press

अपडेट : ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यमा कसको कति मत ? 

मंगलबार बिहानको पछिल्लो मत परिणामअनुसार सुशिल भट्टले ८८२ मत, ई. अभिषेक आत्रेयले ७९२ मत, आदर्श मल्लले ७८५ मत, डा. आयुष बगालेले ७१८ मत, ई. रोशन बस्नेतले ६६० मत र सौगात थापाले ५५२ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा यी सात उम्मेदवार अग्रस्थानमा रहेका छन् ।
अपडेट : ३५ वर्षमुनिका युवा केन्द्रीय सदस्यमा कसको कति मत ? 

काठमाडौँ, असोज २७ : नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सातै प्रदेशबाट प्रतिनिधित्व हुने ३५ वर्षमुनिका युवा (खुला) तर्फको ७ केन्द्रीय सदस्य पदको मतगणना जारी रहेको छ। हालसम्म २ हजार १० मत गणना हुँदा सचिन तिमल्सेनाले ९२९ मतसहित अग्रता बनाएका छन् ।

मंगलबार बिहानको पछिल्लो मत परिणामअनुसार सुशिल भट्टले ८८२ मत, ई. अभिषेक आत्रेयले ७९२ मत, आदर्श मल्लले ७८५ मत, डा. आयुष बगालेले ७१८ मत, ई. रोशन बस्नेतले ६६० मत र सौगात थापाले ५५२ मत प्राप्त गरेका छन्। हालसम्मको मतगणनामा यी सात उम्मेदवार अग्रस्थानमा रहेका छन् ।

त्यसैगरी, ई. शैलेश मिश्रले ५२१ मत, उषा सापकोटाले ४५८ मत, विनोद राज जोशीले ४३९ मत, यजशिव राईले ४३० मत, मदन राज उपाध्यायले ४२९ मत र विजय गुरुङले ४१६ मत प्राप्त गरेका छन् ।

यस्तै श्यामराज ओझाले ३८७ मत, भुपेन्द्र सिंह थेवेले ३४६ मत, सागर विक ले ३३४ मत, केशर जंग बमले ३२५ मत, पवन आचार्यले ३१८ मत, उस्प्रार सुनारले २८६ मत, खगेन्द्र आचार्यले २६४ मत, सूर्य न्यौपानेले २५९ मत, मेधराज थापाले २३७ मत र सुजन सापकोटाले २२९ मत ल्याएका छन् ।

अन्य उम्मेदवारहरूमा नरबहादुर खड्का (नरेश) ले १९२ मत, प्रकाश उप्रेतीले १५८ मत, ओजश शर्माले १३९ मत र मोजाहिद हकले ९३ मत प्राप्त गरेका छन् । सात पदका लागि भएको यस प्रतिस्पर्धामा मतगणना कार्य अझै जारी रहेको छ ।

प्रकाशित मिति: ०८:३४ बजे, मंगलबार, असोज २७, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्