Kathmandu Press

कृषि उत्पादन बिक्रीको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह

काठमाडौं, जेठ २१ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउ....

कृषि उत्पादन बिक्रीको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह

काठमाडौं, जेठ २१ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले देशभित्रै उत्पादन भएका कृषिजन्य वस्तुको उत्पादन सहजरूपमा ढुवानी र बिक्री वितरणको व्यवस्था मिलाउन गृह मन्त्रालयलाई आग्रह गरेको छ।

गृह मन्त्रालयलाई पत्र लेख्दै प्रदेश र स्थानीय तहले देशभित्रकै अन्य क्षेत्रबाट ढुवानी भएका कृषि तथा पशुपक्षीजन्य उत्पादन आफ्नो क्षेत्रमा प्रवेश गर्न नदिने र ढुवानी भएका सामग्री जफत गरी नष्ट गरिदिनेजस्ता कार्य गरेको उल्लेख गरेको छ। अब त्यस्तो नगर्न कृषि विकास सचिव राजेन्द्रप्रसाद भारीले आग्रह गर्दै पत्र पठाएका हुन्।

कोरोना भाइरस रोकथाम र नियन्त्रणका सिलसिलामा जारी लकडाउनका कारणले कृषिजन्य वस्तु उत्पादन एवं ढुवानी सहज हुन नसकेको जनाएको छ। जसले गर्दा मुलुकभित्र उत्पादन भएका कृषिजन्य वस्तु नष्ट गर्नुपर्ने अवस्था रोक्न आग्रह गृह मन्त्रालयलाई आग्रह गरिएको छ।

अर्को प्रदेश र स्थानीय तहले गरिदिने क्रियाकलापले कृषकका उपज खेर जाने मात्र नभइ उनीहरुको मनोवल खस्कने, उत्पादन घट्ने र आधारभूत खाद्यवस्तुको आपूर्ति शृङ्खला अवरुद्ध हुन गइ खाद्य सङ्कटको अवस्था सिर्जना हुनसक्नेतर्फ उनले सचेत हुनुपर्नेमा जोड दिएका छन्।

प्रकाशित मिति: १०:४० बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्