Kathmandu Press

नेपाल आईन् अभिनेत्री मनिषा कोईराला 

काठमाडौं, जेठ २१ : चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहि....

नेपाल आईन् अभिनेत्री मनिषा कोईराला 
Hardik ivf

काठमाडौं, जेठ २१ : चलचित्र अभिनेत्री मनिषा कोइराला मंगलबार रुपन्देहीको सीमानाका भैरहवाको बेलहियाबाट नेपाल प्रवेश गरेकी छिन् । परिवारका सदस्यसहित बेलहिया नाकाबाट स्वदेश प्रवेश गरेपछि उनी काठमाडौँ आएकी हुन । उनीसँंगै निजी गाडीमा परिवारका सदस्यसमेत रहेको बताइएको छ । 

भारतीय भूमिबाट नेपाल प्रवेश गर्नु पहिले सीमामा स्वास्थ्यकर्मीले अभिनेत्री कोइराला र उनको परिवारको  स्वास्थ्य परीक्षण गरेका थिए । नेपाली सेना पश्चिम पृतनाका प्रवक्ता प्रेम थापाले  सेनालाई अभिनेत्री कोइरालासहितको परिवारको आगमन विषयमा कुनै जानकारी नभएको तर उनीहरु काठमाडौँ प्रस्थान गरेको सूचना भने पाएको जानकारी दिए ।

नेपाल भारत सीमा विवाद चलेका बेला नेपाली राष्ट्रियताका पक्षमा सामाजिक सञ्जालमा दिएको अभिव्यक्तिले नेपालमा उनको प्रशंसा भइरहेको छ । कोइरालाले भारत र नेपाली चलचित्रमा दशकौँदेखि अभिनय गर्दै आएकी छन् । 

प्रकाशित मिति: ०८:०८ बजे, बुधबार, जेठ २१, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्