लोक तथा दोहोरी गीत प्रतिष्ठानको केन्द्रीय उपाध्यक्षमा रिजालको उम्मेदवारी
२०६० सालदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा सक्रिय रिजालले लोक तथा दोहोरी गीत क्षेत्रको संस्थागत यात्रामा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी गण्डकी अञ्चल कार्यसमितिको संस्थापक सदस्य हुँदै सहसचिव, सचिव र महासचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
काठमाडौं, असोज २२ : राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको उपाध्यक्ष (खुलातर्फ) लोक गायक तथा सर्जक घनश्याम रिजालले उम्मेदवारी दिने भएका छन् । स्याङ्जाको वालिङ नगरपालिका–४ मा जन्मिएका रिजालले प्रतिष्ठानको १मा उम्मेदवारी दिने बताएका हुन् । आजदेखि महोत्तरीको वर्दिवासमा प्रतिष्ठानको प्रतिष्ठानको महाधिवेशन सुरू हुँदै छ ।
२०६० सालदेखि निरन्तर नेपाली गीत–संगीतको क्षेत्रमा सक्रिय रिजालले लोक तथा दोहोरी गीत क्षेत्रको संस्थागत यात्रामा समेत विभिन्न जिम्मेवारी सम्हालिसकेका छन् । उनी गण्डकी अञ्चल कार्यसमितिको संस्थापक सदस्य हुँदै सहसचिव, सचिव र महासचिवको जिम्मेवारीमा रहेर काम गरिसकेका छन् ।
त्यसैगरी, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालको केन्द्रीय कार्यसमितिको सदस्य हुँदै केन्द्रीय सचिवको जिम्मेवारीसमेत सम्हालिसकेका रिजालले अहिले केन्द्रीय उपाध्यक्ष पदका लागि उम्मेदवारी प्रस्तुत गर्न लागेका हुन् । हालसम्म उनले दुई सयभन्दा बढी नेपाली गीत–संगीतका सिर्जना गरिसकेका छन् भने उनका २० वटाभन्दा बढी एल्बम आफ्नै नाममा प्रकाशित छन् ।
संस्थागत तथा सामाजिक क्षेत्रमा समेत सक्रिय रिजाल हाल स्याङ्जा स्रष्टा सदनका महासचिव, स्याङ्जा विकास केन्द्रका महासचिव, राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान गण्डकी प्रदेशका सल्लाहकार तथा प्रतिष्ठान स्याङ्जाका जिल्ला सल्लाहकारलगायत विभिन्न जिम्मेवारीमा छन् ।