Kathmandu Press

गर्भवतीलाई प्राथमिकतामा राख्न ज्येष्ठ नागरिक मन्त्रालयद्वारा परिपत्र

काठमाडौं, जेठ २० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथ....

गर्भवतीलाई प्राथमिकतामा राख्न ज्येष्ठ नागरिक मन्त्रालयद्वारा परिपत्र

काठमाडौं, जेठ २० : महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले बन्दाबन्दीको समयमा अस्पताल वा स्वास्थ्य संस्थामा सुत्केरी हुन आएका गर्भवतीलाई प्राथमिकतामा राखी तत्काल सुत्केरी गराउने व्यवस्था मिलाउन स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई परिपत्र गरेको छ।

मन्त्री पार्वत गुरुङले बन्दाबन्दीको कारण गर्भवती र सुत्केरी  बढी जोखिममा रहेको जनाउँदै सुत्केरी भइसकेपछि पनि जोखिममा रहेकाको तत्काल उपचार गर्ने व्यवस्था मिलाउने र सुरक्षित मातृत्वका लागि नियमित रुपमा प्रदान गर्नुपर्ने सेवालाई निरन्तरता दिने व्यवस्था मिलाउन मंगलबार परिपत्र गरेका हुन्।

परिपत्रमा गर्भवतीको नियमित स्वास्थ्य जाँच, खोप सेवा, आइरन चक्की वितरण लगायत सेवा सम्बन्धित स्थानीय स्वास्थ्य संस्थामा समेत नियमित उपलब्ध गराउनाका साथै परिवार नियोजनका साधनह स्थानीय स्वास्थ्य संस्थाबाट नियमित उपलब्ध हुने व्यवस्था मिलाउने उल्लेख छ।

मन्त्रालयले गर्भवती तथा सुत्केरीलाई तत्काल स्वास्थ्य संस्थासम्म सहज पहुँचका लागि विशेष सुविधासहितको एम्बुलेन्स सेवा तयारी अवस्थामा राखी तत्काल उद्धार गर्ने व्यवस्था मिलाउने र बालबालिकालाई प्रदान गरिने खोपहरु नियमित रुपमा उपलब्ध गराउन भनेको छ। 

बन्दाबन्दीको अवधिमा पनि गर्भवती, सुत्केरी तथा बालबालिकाको स्वास्थ्य सेवामा स्वास्थ्य सेवाह तयारी अवस्थामा रहेको र सेवा निरन्तर रहेको सचेतनामूलक सन्देश आमसञ्चारमाध्यमबाट प्रचारप्रसार गर्ने व्यवस्था मिलाउनुपर्ने मन्त्री गुरुङको भनाइ छ। परिपत्रमा आइसोलेशन र क्वारेन्टाइनमा बसेका गर्भवती तथा सुत्केरीलाई विशिष्टीकृत आवश्यक सेवा उपलब्ध गराउन भनिएको छ। 

प्रकाशित मिति: १९:२९ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्