Kathmandu Press

कांग्रेस विभाजन हुँदैन, असन्तुष्टि क्षणिक हो : चिरीबाबु महर्जन

‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा मैले हेरिरहेको छु। कांग्रेस विभान हुने यो हल्ला मात्र हो, कांग्रेस विभाजन हुँदैन । विभाजन नै भए पनि एक क्षणिक मात्रै हुन्छ,’ उनले भने।
कांग्रेस विभाजन हुँदैन, असन्तुष्टि क्षणिक हो : चिरीबाबु महर्जन

काठमाडौं, असाेज १८ : ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जनले नेपाली कांग्रेस विभाजन नहुने बताएका छन्।

नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन आएका महर्जनले परिवर्तित राजनीतिक सन्दर्भमा महाधिवेशनलाई आफूले ऊर्जाका रूपमा हेरेको बताए। उनले कांग्रेसभित्र देखिएको असन्तुष्टि र विवादलाई क्षणिक भएको दाबी गरे। 

‘यो १५औँ महाधिवेशन वास्तवमै भन्ने हो भनेदेखि अहिले परिवर्धित सन्दर्भमा ऊर्जाको रूपमा मैले हेरिरहेको छु। कांग्रेस विभान हुने यो हल्ला मात्र हो, कांग्रेस विभाजन हुँदैन । विभाजन नै भए पनि एक क्षणिक मात्रै हुन्छ,’ उनले भने।

उनले कांग्रेस विभाजन हुने चर्चा केवल हल्ला भएको दाबी गरे। उनले विभाजन भइहाले पनि त्यो क्षणिक मात्रै हुने बताए। 

महर्जनले नेताहरूबीचको असन्तुष्टि केही समयपछि अन्त्य भएर पुनः एकता हुने बताए ।

प्रकाशित मिति: १६:०९ बजे, आइतबार, असोज १८, २०८३
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्