भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु
डोल्पा, जेठ २० : डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भ....

डोल्पा, जेठ २० : डोल्पाको भेरी नदीले बगाउँदा तीन बालिकाको मृत्यु भएको छ।
मंगलबार दिउँसो ठूलीभेरी नगरपालिका ९ को मोतिपुरका १२ वर्षीया यशोधा भण्डारी, १० वर्षीया गंगा कठायत र १० वर्षीया विजय कठायतलाई नदीले बगाएको हो।
गाईबस्तु चराउन गएका बालिकाहरु नदी पारी गाईबस्तु गएपछि फर्काउन गएका थिए। सोही क्रममा उनीहरुलाई नदीले बगाएको डोल्पाका डिएसपी नारायण रञ्जितकारले बताए।
यशोधा भण्डारी र बिजय कठायतलाई बगेको स्थानदेखि दुई किलोमिटर तलबाट प्रहरीले उद्धार गरेको थियो। उद्धारपछि जिल्ला अस्पताल पुर्याएपनि अस्पतालले पहिले नै मृत्यु भइसकेको बताएको डिएसपी रञ्जितकारले बताए।
गंगा कठायतको भने ५ किलोमिटर तल शव फेला पारेको थियो।
जुफाल विमानस्थलको सुरक्षार्थ खटेको प्रहरीले बालिका बगेकाे देखेपछि उद्धार गर्न पुगेका थिए।











