Kathmandu Press

रकुम घटनाले स्तब्ध र आक्रोसित राजेश हमाल

काठमाडौं, जेठ २० : रुकुम पश्चिममा पाँच युवकको हत्या र एक युवकलाई वेपत्ता पारेको घटनाले आफूलाई पति स्तब्ध र आक्रोसित बनाएको अभिनेता राजेश हमालले बताएका....

रकुम घटनाले स्तब्ध र आक्रोसित राजेश हमाल

काठमाडौं, जेठ २० : रुकुम पश्चिममा पाँच युवकको हत्या र एक युवकलाई वेपत्ता पारेको घटनाले आफूलाई पति स्तब्ध र आक्रोसित बनाएको अभिनेता राजेश हमालले बताएका छन्।

उनले सामाजिक सञ्जालमार्फत रुकुम पश्चिम घटनामा आपत्ति जनाएका हुन्। उनले फेसबुकमार्फत भनेका छन्, ‘मजस्तै बहुसंख्यक नेपाली समान विचार राख्नुहुन्छ।

Hardik ivf

देशभित्र बस्ने सबै मानिसमा सद्भाव कायम हुनुपर्छ। हरेक समुदाय र जात धर्मका मानिसलाई जाजरकोटका नवराज विकसहितका युवामाथि रुकुममा भएको आपराधिक कार्यले स्तब्ध बनाएको छ। आक्रोशित पनि बनाएको छ।’

जेठ १० गते गैरदलित समुदायिक प्रेमिकालाई भगाएर बिहे गर्न गएका जाजरकोटाका नवराजसहित पाँच युवाको स्थानीय वासिन्दाले कुटपिट गरेर हत्या गरेका थिए। एक जना अझै वेपत्ता रहेका छन्।

उनले यो घटनाको निन्दा गरेका छन्। हमालले भनेका छन्, ‘एउटा समुदायले अर्को समुदायमाथि उसको जात धर्मको आधारमा, उसको पेसाको आधारमा अपाराधिक गतिविधिमा उत्रने व्यवहार अत्यन्तै निन्दनीय हो।’

उनले यसमा दोषीलाई कारबाही गर्नुपर्ने माग गरेका छन्। ‘कायर र आत्मविश्वास नभएका व्यक्तिले मात्रै अर्कामाथि प्रहार गर्छ,’ अभिनेता हमालले भनेका छन्, ‘त्यस्ता आपराधिक व्यक्ति जोसुकै भएपनि समाजमा सद्भाव खल्बल्याउने कुपात्र हुन्।’

सदियौंदेखि मानवता र भाइचार देखाउने समाजका रूपमा विश्वमा परिचित भएको सन्दर्भ जोड्दै मानिसले आफ्नो मानवता गुमाउन नहुने बताएका छन्। जातीय विभेद अत्यन्तै निन्दनीय भएको जनाउँदै यसलाई जरैदेखि फाल्नुका लागि लाग्न सबैलाई आग्रह समेत गरेका छन्।

 

प्रकाशित मिति: १३:४८ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्