Kathmandu Press

आजको मौसम : हिमाल र पहाडका केही स्थानमा वर्षाको सम्भावना

देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ।
आजको मौसम : हिमाल र पहाडका केही स्थानमा वर्षाको सम्भावना

काठमाडौं, असोज १३ : हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । देशभर मनसुनी वायु, पश्चिमी वायुको साथै भारतको उत्तर प्रदेश आसपास रहेको न्यूनचापीय क्षेत्रको समेत प्रभाव रहेको छ।

देशका हिमाली भूभागमा आंशिक बादल तथा पहाडी र तराईका भूभागमा मौसम मुख्यतता सफा देखि आंशिक बादल लागेको छ । आज दिउँसो देशभर आंशिक बादल लाग्नेछ। देशका हिमाली भूभागका एकरदुई स्थानमा तथा पहाडी भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङ्गसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । 

आज राति देशका हिमाली र पहाडी भूभागमा आंशिक बादल लाग्ने तथा तराई भूभागमा मौसम मुख्यतया सफा रहने छ ।

प्रकाशित मिति: ०७:०६ बजे, मंगलबार, असोज १३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्