Kathmandu Press

एमसीसी खारेजको माग गर्दै रोबर्ट र ड्रोनद्वारा आन्दोलनको तयारी

काठमाडौं, जेठ २० : क्लाईम दी बोर्डर ग्रुपले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको  हितमा छैन भन्दै चितवान र पोखरामा एकैसाथ रोबर्ट र ड्रोन....

एमसीसी खारेजको माग गर्दै रोबर्ट र ड्रोनद्वारा आन्दोलनको तयारी

काठमाडौं, जेठ २० : क्लाईम दी बोर्डर ग्रुपले मेलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) नेपालको  हितमा छैन भन्दै चितवान र पोखरामा एकैसाथ रोबर्ट र ड्रोनद्वारा आन्दोलन गर्ने तयारी थालेको छ।

कोरोना संक्रमण जोखिमको अवस्थालाई मध्यनजर गर्दै शान्तिपूर्ण आन्दोलनको रुपमा क्लाईम दी बोर्डर ग्रुपले रोबर्टद्वारा आन्दोलन गर्न लागेको हो।

भारतीय सेना नेपाल छोड, नेपाल सरकार सीमा जोड, एमसीसी खारेज गरजस्ता नारासहित मंगलबार बेलुका ४ बजे चितवन र पोखरामा एकै साथ आन्दोलन सुरु हुनेछ। आन्दोलनमा दुई वटा रोबर्ट र दुई वटा ड्रोनको प्रयोग गरिने क्लाइम दी बोर्डर ग्रुपकी अभियन्ता सबिना केसीले जानकारी दिइन्।

क्लाइम दी बोर्डर ग्रुपले यसअघि पनि पूर्वप्रधानमन्त्री एवम् नेकपा नेता झलनाथ खनाललगायत थुप्रै  विशिष्ट व्यक्तिहरुलाई सामाजिक सञ्जालमार्फत भारतले मिचेको नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा र कालापानी तथा  मेलिनियम च्यालेन्ज कर्पोरेसन्स् (एमसीसी)को विषयमा प्रत्यक्ष छलफल गरेको थियो।

प्रकाशित मिति: १२:३२ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्