Kathmandu Press

नेपालमा फेरि चक्रवातको प्रभाव पर्ने 

काठमाडौं, जेठ २० : नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ  आ....

नेपालमा फेरि चक्रवातको प्रभाव पर्ने 

काठमाडौं, जेठ २० : नेपालमा फेरि अर्को चक्रवातको प्रभाव पर्ने भएको छ। दक्षिणपूर्वी अरब सागरमा रहेको न्यून चापीय प्रणाली उत्तरतर्फ सर्दै गरेको छ  आउँदो २४ घण्टामा उक्त प्रणाली विकसित हुँदै चक्रवात हुने सम्भावना छ।

त्यसको प्रभावले नेपालका केही स्थानमा जुन ४, ५ र ६ अर्थात् जेठ २२–२४ मा वर्षाका साथै पश्चिमी उच्च हिमाली क्षेत्रमा हिमपातसमेत हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

केही दिनअघि बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवात अंपुनको अप्रत्यक्ष प्रभावले नेपालका पूर्वी र मध्य भूभागमा हावाहुरीसहित वर्षा भएको थियो। मौसमविद् विभूति पोखरेलका अनुसार नेपालमा चक्रवातको प्रत्यक्ष असर गर्दैन। नेपालसम्म आइपुग्दा सो प्रणाली कमजोर भइसकेको हुन्छ। नेपालमा चक्रवातको आंशिक प्रभाव मात्र पर्ने बताइएको छ।

अहिलेसम्मको अवस्थालाई हेर्दा उक्त चक्रवातको प्रभावले सुदूरपश्चिमी भूभागका केही स्थानमा वर्षा र पश्चिमी उच्च हिमाली भूभागमा हिमपात हुने सम्भावना रहेको मौसमविद् पोखरेलले बताइन्।

प्रकाशित मिति: १२:१९ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्