Kathmandu Press

शाहरुख खान पनि जुटे लकडाउन पीडित मजदुरको सहयोगमा

काठमाडौं, जेठ २० : लकडाउनबाट पीडित भएका मजदुरको सहयोगमा बलिउड अभिनेता शाहरुख खान पनि जुटेका छन्।

उनी मीर फाउन्डेसनमार्फत सहयोग गर्न थालेका ह....

शाहरुख खान पनि जुटे लकडाउन पीडित मजदुरको सहयोगमा

काठमाडौं, जेठ २० : लकडाउनबाट पीडित भएका मजदुरको सहयोगमा बलिउड अभिनेता शाहरुख खान पनि जुटेका छन्।

उनी मीर फाउन्डेसनमार्फत सहयोग गर्न थालेका हुन्। उनले मुजफ्फरपुर रेलस्टेसनमा ज्यान गुमाएकी युवतीका परिवारलाई सहयोग गरेका हुन्।

गत साता मुजफ्फरपुर रेलस्टेसनको एउटा भिडियो भाइरल भएको थियो। जहाँ एक बालक पल्टिरहेकी आमाले ओढेको च्यादर तानिरहेका थिए। उनका बुवा दूध खोज्न निस्केका थिए। तर, उनी आमाको मृत्यु भएको थियो। बालकले आमालाई उठाउन च्यादर तानिरहेका थिए।

लकडाउनका कारण कयौं दिन भोकभोकै बस्न बाध्य उनको रेलवेस्टेसनमा घर फर्किन रेल कुर्दाकुर्दै मृत्यु भएको थियो। तिनै बालकको परिवारलाई शाहरुखले सहयोग गरेका हुन्।

 

प्रकाशित मिति: ११:२२ बजे, मंगलबार, जेठ २०, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्