शाहरुख खान पनि जुटे लकडाउन पीडित मजदुरको सहयोगमा
काठमाडौं, जेठ २० : लकडाउनबाट पीडित भएका मजदुरको सहयोगमा बलिउड अभिनेता शाहरुख खान पनि जुटेका छन्।
उनी मीर फाउन्डेसनमार्फत सहयोग गर्न थालेका ह....

काठमाडौं, जेठ २० : लकडाउनबाट पीडित भएका मजदुरको सहयोगमा बलिउड अभिनेता शाहरुख खान पनि जुटेका छन्।
उनी मीर फाउन्डेसनमार्फत सहयोग गर्न थालेका हुन्। उनले मुजफ्फरपुर रेलस्टेसनमा ज्यान गुमाएकी युवतीका परिवारलाई सहयोग गरेका हुन्।
गत साता मुजफ्फरपुर रेलस्टेसनको एउटा भिडियो भाइरल भएको थियो। जहाँ एक बालक पल्टिरहेकी आमाले ओढेको च्यादर तानिरहेका थिए। उनका बुवा दूध खोज्न निस्केका थिए। तर, उनी आमाको मृत्यु भएको थियो। बालकले आमालाई उठाउन च्यादर तानिरहेका थिए।
लकडाउनका कारण कयौं दिन भोकभोकै बस्न बाध्य उनको रेलवेस्टेसनमा घर फर्किन रेल कुर्दाकुर्दै मृत्यु भएको थियो। तिनै बालकको परिवारलाई शाहरुखले सहयोग गरेका हुन्।
Thank you all for getting us in touch with the little one. We all pray he finds strength to deal with the most unfortunate loss of a parent. I know how it feels...Our love and support is with you baby. https://t.co/2Z8aHXzRjb
— Shah Rukh Khan (@iamsrk) June 1, 2020












