Kathmandu Press

क्वारेन्टनइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

काठमाडौं, जेठ २० : फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्....

क्वारेन्टनइनबाट घर फर्किदै गर्दा बाटोमै मृत्यु

काठमाडौं, जेठ २० : फेदीखोला गाउँपालिका स्थित सिद्धार्थ सामुदायिक बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनबाट घर जाँदै गरेका एक व्यक्तिको बाटोमै मृत्यु भएको छ।

यही जेठ १३ गते भारतबाट सुनौली नाका हुँदै स्याङ्जा आएका फेदीखोला गाउँपालिका–२ का ५० वर्षीय खड्कबहादुर कार्की १४ गतेदेखि गाउँपालिकाको क्वारेन्टाइनमा बस्दै आएका थिए ।

गत शुक्रबार लिइएको स्वाब परीक्षणमा रिपोट नेगेटिभ आएपछि अन्य दुई जनासँगै आइतबार घर जाँदै गरेका कार्की अचानक बाटोमै बेहोस भएका थिए। कार्कीलाई राति नै गाउँपालिकाको सवारी साधनमा गण्डकी प्रदेश अस्पताल पोखरा पुर्‍याइएकाेमा उपचारका क्रममा राति नै मृत्यु भएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

मृत्युपश्चात आज पुनः स्वाब परीक्षण गर्दा रिपोर्ट नेगेटिभ आएको गाउँपालिकाले जनाएको छ । पारिवारिक स्रोतका अनुसार कार्की उच्च रक्तचाप र मुटुको बिरामी भएको बुझिएको छ । (रासस) 

प्रकाशित मिति: ०७:३२ बजे, मंगलबार, जेठ २०, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्