Kathmandu Press

१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे

सरकारले भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ ।
१३ देशका लागि राजदूत सिफारिस, भारतमा निश्चलनाथ पाण्डे

काठमाडौं, असोज २ : सरकारले भारत, चीन, अमेरिका, बेलायतलगायत १३ मुलुकका लागि नयाँ राजदूत नियुक्त गर्न नाम सिफारिस गरेको छ ।

शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले विभिन्न देशमा राजदूतका रूपमा पठाउन १३ जनाको नाम अघि बढाएको हो ।

भारतका लागि डा. निश्चलनाथ पाण्डे, चीनका लागि डा. कल्याणराज शर्मा र अमेरिकाका लागि चिरनजंग थापाको नाम सिफारिस गरिएको छ ।

त्यस्तै, बेलायतका लागि पूर्वप्रधानसेनापति गौरवशमशेर जंगबहादुर राणा, जापानका लागि जिग्यान कुमार थापा, इजरायलका लागि सुरेशकुमार कर्ण र स्पेनका लागि प्राप्ति शेरचनलाई प्रस्ताव गरिएको छ ।

जर्मनीका लागि शारू जोशी, ओमानका लागि डा. पद्माक्षी राणा, मलेसियाका लागि चूडामणि खरेल, दक्षिण कोरियाका लागि प्रा.डा. सङ्गम श्रेष्ठ, श्रीलंकाका लागि डा. मंचल झा तथा साउदी अरेबियाका लागि गिरीबहादुर सुनारको नाम सिफारिस भएको छ।

प्रकाशित मिति: १८:०३ बजे, शुक्रबार, असोज २, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्