Kathmandu Press

कोरोना संक्रमितसँगै क्वारेन्टाइनमा राखेपछि भागे नागरिक 

दैलेख, जेठ १९ : सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पस क्वारेन्टाइनमा राखिएका नागरिकहरु भागेका छन्।

कोरोना संक्रमण पुष्टि भएका मान....

कोरोना संक्रमितसँगै क्वारेन्टाइनमा राखेपछि भागे नागरिक 

दैलेख, जेठ १९ : सदरमुकामस्थित नारायण नगरपालिकाको नारायण क्याम्पस क्वारेन्टाइनमा राखिएका नागरिकहरु भागेका छन्।

कोरोना संक्रमण पुष्टि भएका मानिसहरुलाई पनि दुई दिनदेखि सोही क्वारेन्टाइनमा राखिएपछि उनीहरु भागेका हुन्। १०५ जना मानिस बस्ने मिल्ने क्याम्पसमा भारतबाट आएका दुई सय १८ जनालाई राखिएको छ।

दुई दिनअघि दौलेखको सोही क्वारेन्टाइनका १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरुलाई हालसम्म त्यही राखिएको छ।

प्रकाशित मिति: १९:२६ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्