Kathmandu Press

कपिलवस्तुमा थपिए ४० जना कोरोना संक्रमित 

काठमाडौं, जेठ १९ :  कपिलवस्तुमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौ....

कपिलवस्तुमा थपिए ४० जना कोरोना संक्रमित 

काठमाडौं, जेठ १९ :  कपिलवस्तुमा थप ४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। 

सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौं र धुलिखेल अस्पतालमा गरिएको परीक्षणमा कपिलवस्तुमा थप ४० जनामा कोरोनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले जानकारी दिए। 

संक्रमितहरु कपिलवस्तु शिवराजका १२ जना, रगिलाल मावि क्वारेन्टाइनमा रहेका ११ जना, हरिहरपुरका ८ जना, चन्द्रौटा राष्ट्रिय माविको क्वारेन्टाइनमा रहेका तीन जना, रघु सामुदायिक स्कुलको क्वारेन्टाइन, कपिलवस्तुको महाराजगञ्जका र बाँणगंगाका २–२ जना रहेका छन्।  

योसँगै नेपालमा कोरोनाबाट संक्रमित हुनेको संख्या १७९८ पुगेको छ। संक्रमितमध्ये २२१ जना निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् भने सात जनाको मृत्यु भएको छ। 

प्रकाशित मिति: १६:४० बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्