Kathmandu Press

विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो।
विवादास्पद अभिव्यक्तिपछि मन्त्री यादवले दिइन राजीनामा

काठमाडौं, भदाै २५ : उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले राजीनामा दिएकी छन्। 

बिहीबार मन्त्री यादवले प्रधानमन्त्री वालेन्द्र शाहसमक्ष राजीनामा बुझाएको यादवको सचिवालयले जानकारी दिएको हो।

मन्त्री यादवले बुधबार संसदीय समितिमा ग्यास उद्योगीहरूलाई पाता फर्काउनुपर्ने विवादास्पद अभिव्यक्ति दिएकी थिइन्। उनले हाल सञ्चालनमा रहेका ५८ वटै ग्यास उद्योगको लाइसेन्स खारेज गर्नुपर्नेसम्म बताएकी थिइन्।

प्रकाशित मिति: १४:३२ बजे, बिहीबार, भदौ २५, २०८३