Kathmandu Press

विपक्षी दलहरू छलफलमा

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।
विपक्षी दलहरू छलफलमा

काठमाडौं, भदौ २५ : नेपाली कांग्रेसको आह्वानमा विपक्षी दलहरूको बैठक अहिले सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा जारी छ।

भोटेकोशी बाढी पीडितको उद्धार, राहत र पुनर्स्थापना तथा सर्वददलीय बैठकका निर्णयहरु कार्यान्वयनलगायतका विषयमा छलफल गर्न बैठक बसेको हो।

बैठकमा कांग्रेसबाट संसदीय दलका नेता भीष्मराज आङ्देम्बे र प्रमुख सचेतक बासना थापा, एमालेबाट उपनेता पद्मा अर्याल र सचेतक निता घतानी, नेकपाबाट प्रमुख सचेतक युवराज दुलाल र सांसद प्रमेश हमाल र श्रम संस्कृति पार्टीबाट सांसद ध्रुव राई सहभागी भएका छन्।

बैठकमा राप्रपा भने सहभागी भएको छैन ।

प्रकाशित मिति: १२:१९ बजे, बिहीबार, भदौ २५, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्