रिलायन्स इन्टरटेन्मेन्टका शिवासिष सरकारलाई कोरोना संक्रमण
काठमाडौं, जेठ १९ : भारतीय फिल्म निर्माण एवं गेमिङ कम्पनी रिलायन्स इन्टरटेन्मेन्टका प्रमुख शिवासिष सरकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
ह....

काठमाडौं, जेठ १९ : भारतीय फिल्म निर्माण एवं गेमिङ कम्पनी रिलायन्स इन्टरटेन्मेन्टका प्रमुख शिवासिष सरकारमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।
हाल उनी उपचारका लागि मुम्बईस्थित कोकिलाबेन अम्बानी अस्पतालमा छन्।
बिहीबार मात्रै उनले आफ्ना दुई फिल्म ‘सूर्यवंशी’ र ’८३’को प्रदर्शनीमा कोभिड १९ ले पारेको असरबारे एक सेमिनारमा बोलेका थिए।
कोरोना संक्रमण र लकडाउनले भारतीय फिल्म उद्योगलाई मात्र नभई कतिपय कलाकारहरुमा पनि कोरोना संक्रमण देखा परिरहेको छ ।
शनिबार उनलाई ज्वरो आएपछि कोरोना परीक्षण गराइएको थियो।
प्रकाशित मिति: १५:४४ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार