Kathmandu Press

संसदमा रवि लामिछानेले भने– राज्य कहालीलाग्दो सुरुङभित्र उद्धारमा खटिरहेको छ

‘राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रातदिन खटिएको छ,’ उनले भने।
संसदमा रवि लामिछानेले भने– राज्य कहालीलाग्दो सुरुङभित्र उद्धारमा खटिरहेको छ

काठमाडौं, भदौ २४ : राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राज्य कहालीलाग्दो सुरुङभित्र उद्धारमा खटिरहेको बताएका छन्।

बुधबारको प्रतिनिधिसभा बैठकमा उनले राज्यले गरेन भन्ने कुराको खण्डन गर्न दृश्यसहित प्रस्ट्याउनुपर्ने बताए। 

‘राज्य यतिबेला कहालीलाग्दो भग्नावशेष सुरुङभित्र आफ्ना नागरिकको प्राण खोजिरहेको छ। राज्य यतिबेला सर्वस्व गुमाएर खुला आकाशमुनि आफ्ना दाजुभाइ तथा दिदीबहिनीहरूको छहारी बन्न रातदिन खटिएको छ,’ उनले भने, ‘राज्य यतिबेला भेलले बगाएका सडक र चुडिएका पुल मात्रै होइन विपद्ले टुटाएको नागरिकको भरोसालाई जोड्न प्रयास गरिरहेको छ।’

भविष्यमा नियति भोग्न नरोस् भनेर सुरक्षित पूर्वतयारीमा राज्य लागेको बताए। राज्य नागरिकको ढाल बनेर उभिइरहेको दाबी गरे।

प्रकाशित मिति: १५:०६ बजे, बुधबार, भदौ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्