Kathmandu Press

हामी सत्ता माग्न सडकमा गएका थिएनौं : सांसद यादव

‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान पर्‍यो। हाम्रो साथीहरू शुसानको लागि सडकमा उठ्डा बन्दुकको नालको निसानमा परेर ढले,’ उनले भने, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ।’
हामी सत्ता माग्न सडकमा गएका थिएनौं : सांसद यादव

काठमाडौं, भदाै २३ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद पुरुषोत्तम सुप्रभात यादवले युवाहरूको सडक संघर्ष र बलिदानबाट सत्ता ढलेको एक वर्ष पूरा भएको बताएका छन्। 

बुधबार बसेको प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद यादवले आन्दोलनका क्रममा आफ्ना साथीहरू शान्तिपूर्ण रूपमा सडकमा उत्रिँदा बन्दुकको निशानामा परेर ज्यान गुमाएको बताए। 

आफू पनि भदौ २३ गतेको आन्दोलनमा सहभागी भएको बताए। उनले आन्दोलनमा सहभागी हुने अनुमति दिनेदेखि सडकमा उत्रिनेसम्म आफू प्रत्यक्ष रूपमा जोडिएको बताए।

यादवले युवाहरू आखिर के माग लिएर सडकमा उत्रिएका थिए तर त्यसको बदलामा लाठी र गोली खानुपरेको बताए। 

‘खासमा हामी सडकमा के माग्न गएका थियौँ । जसको बदलामा हामीले लाठी र गोली खान पर्‍यो। हाम्रो साथीहरू शुसानको लागि सडकमा उठ्डा बन्दुकको नालको निसानमा परेर ढले,’ उनले भने, ‘हाम्रो माग सत्ता थिएन। न त हामी कसैको भाग खोस्न गएका थियौँ।’

उनले आन्दोलनकारीको माग सत्ता प्राप्ति नभएको भन्दै आफूहरू कसैको भाग खोस्न सडकमा नगएको बताए ।

प्रकाशित मिति: १४:०४ बजे, बुधबार, भदौ २४, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्