Kathmandu Press

अजय देवगनद्वारा धारावी वस्तीका लागि अक्सिजन र भेन्टिलेटर सहयोग

काठमाडौं, जेठ १९ : बलिउड अभिनेता अजय देवगनले मुम्बईको धारावी वस्तीका लागि अक्सिजन सिलिन्डर र भेन्टिलेटर सहयोग गरेका छन्।

एसियाको सबैभन्दा ठू....

अजय देवगनद्वारा धारावी वस्तीका लागि अक्सिजन र भेन्टिलेटर सहयोग

काठमाडौं, जेठ १९ : बलिउड अभिनेता अजय देवगनले मुम्बईको धारावी वस्तीका लागि अक्सिजन सिलिन्डर र भेन्टिलेटर सहयोग गरेका छन्।

एसियाको सबैभन्दा ठूलो अव्यवस्थित र गरिब बस्तीका रुपमा मुम्बईको धरावीलाई लिइन्छ। यहाँको २.१ बर्गकिलोमिटर क्षेत्रमा करिब सात लाख मानिस बस्छन्। अधिकांश झुपडी छन्।

धराबीमा कोरोना भाइरसको संक्रमण फैलिएपछि मुम्बई महानगरले क्वारेन्टाइन स्थापना गरेको छ। जहाँ एक सय वेडमा अक्सिजन सिलिन्डर र भेन्टिलेटर जोडिएको छ। ति सबै अभिनेता अजय देवगनले सहयोग गरेका हुन्।

उनले अजय देवगन फिल्म फाउन्डेसनमार्फत सहयोग गरेका छन्। त्यस्तै, धरावी बस्तीका बासिन्दाका लागि खाद्यान्न पनि सहयोग गरेका छन्। सात सय परिवारलाई वितरण गरिएको जनाएको छ।

प्रकाशित मिति: १३:५३ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्