Kathmandu Press

‘जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन’

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरूमाथि दमन किन भयो? नौजवानहरू किन मारिएरु त्यसको जिम्मेवारी कसैले लिनुपर्दैन? सत्यतथ्य बाहिर आउनुपर्दैन?,’ उनले भनेका छन्। 
‘जेनजी पुस्ताप्रतिको जिम्मेवारी कुनै दल विशेषको मात्रै होइन’

काठमाडौं, भदौ २३ : नेपाली कांग्रेसका सभापति गगन थापाले  जेनजी आन्दोलनको सत्यतथ्य सार्वजनिक गर्न सरकारसँग माग गरेका छन्। 

जेनजी दिवसका अवसरमा धारणा सार्वजनिक गर्दै उनले भदौ २३ मा युवामाथि भएको बल प्रयोगबारे सत्यतथ्य सार्वजनिक गर्न भनेका हुन्। 

‘शान्तिपूर्ण आन्दोलन गरिरहेका युवाहरूमाथि दमन किन भयो? नौजवानहरू किन मारिएरु त्यसको जिम्मेवारी कसैले लिनुपर्दैन? सत्यतथ्य बाहिर आउनुपर्दैन?,’ उनले भनेका छन्। 

केही मानिसलाई पक्रिएको जस्तो गरेर सरकारको जिम्मेवारी पुरा नहुने उनको भनाइ छ। तत्कालीन सरकार नवयुवाहरूको भ्रष्टाचारमुक्त राज्य, जबाफदेही शासन, सुशासन र समान अवसरको मागलाई बुझ्न नसकेको उनले बताए। 

वर्तमान सरकारले पनि उनीहरूसँग गरेका वाचा अनुसार जिम्मेवारी निर्वाह गर्न नसकेको थापाको भनाइ छ। उनले भदौ २३ गतेको आन्दोलनलाई कुनै व्यक्ति वा समूह विशेषको आन्दोलनका रूपमा बुझ्न नहुने बताए ।

‘भदौ २३ गते सडकमा एउटा व्यक्ति मात्रै आएको थिएन। कुनै एउटा समूह मात्रै आएको थिएन। एउटा पुस्ता नै आएको थियो,’ थापाले भने।

जेनजी पुस्ताले उठाएको आवाजलाई कुनै एउटा राजनीतिक दल वा व्यक्तिले आफ्नो स्वामित्वमा लिन नसक्ने उनको भनाइ छ। 

प्रकाशित मिति: २०:४५ बजे, मंगलबार, भदौ २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्