Kathmandu Press

‘जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो’

‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो । हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,’ उनले भनेकी छिन्।
‘जेनजी आन्दोलनको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो’

काठमाडौं, भदौ २३ : कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले जेनजी आन्दोलनको एक वर्ष पुगेको दिनलाई स्मृतिमात्रै नभई संकल्पको दिन बनाउनुपर्ने बताएकी छिन्।

सामाजिक सञ्जालमार्फत उनले एक वर्ष अघि गुमाएका युवाहरूको स्मृतिमा पुनस् त्यस्तो दिन आउनपर्ने दिन नदोहोर्‍याउने प्रतिवद्धता गर्नुपर्ने बताएकी छिन्।

‘आजको दिन स्मृतिको मात्रै होइन, संकल्पको दिन पनि हो । हामीले गुमाएका प्रत्येक युवाको स्मृतिमा हाम्रो प्रतिबद्धता यही रहोस् कि फेरि यस्तो दिन कहिल्यै नदोहोरियोस्,’ उनले भनेकी छिन्।

उक्त दिन सडकमा पोखिएको रगत स्मृतिबाट नमेटिने उनले उल्लेख गरेकी छिन्। ‘त्यो दिन सडकमा पोखिएको रगत हाम्रो स्मृतिबाट मेटिने छैन। त्यो ठूलो क्षती राज्य सुधारको आधार बनोस्,’ गौतमले भनेकी छिन्, ‘त्यो बलिदान भविष्यका हरेक सत्तालाई आफ्नो मर्यादा, सीमा र कर्तव्य सम्झाइरहने चेतावनी बनिरहोस्।’

तत्कालीन आन्दोलनको बेलामा राज्यसँग शक्ति, सुरक्षा संयन्त्र भए पनि भीड नियन्त्रणका लागि कम घातक विकल्प हुँदा हुँदै पनि सडकमा गोली चलेको उनले बताएकी छिन्।

प्रकाशित मिति: १२:०८ बजे, मंगलबार, भदौ २३, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्