Kathmandu Press

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौं, जेठ १९ : बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित दुई सय ३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधान....

दुई सय ३५ यात्रु बोकेर फर्कियो कोरियन एयर

काठमाडौं, जेठ १९ : बन्दाबन्दीका कारण नेपालमा रोकिएका केही कोरियाली तथा नेपालीसहित दुई सय ३५ यात्रु बोकेर कोरियन एयरको जहाज दक्षिण कोरियाको राजधानी सिओल उडेको छ।

त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट अपराह्न कोरियन एयरको एयरबस ए ३२० चार्टर्ड जहाज यात्रु लिएर सिओल उडेको विमानस्थलले जनाएको छ। उक्त जहाजमा ६९ विदेशी तथा १६३ नेपाली र तीन बालबालिका छन्। गएराति कतार एयरवेजको एयरबस ए ३२० जहाजले नेपालमा रोकिएका ३०३ यात्रु तथा नौ बालबालिका लिएर कतारको दोहा हुँदै अमेरिका उडेको थियो। ती यात्रुमा पनि अधिकांश नेपाली र केही अमेरिककी नागरिक थिए।

बन्दाबन्दीको अवस्थामा जापान, दक्षिण कोरिया, अष्ट्रेलिया, अमेरिका, युरोपलगायत मुलुकले धमाधम जहाज चार्टर्ड गरी नेपालमा विभिन्न परिस्थितिले रोकिएका यात्रु लगिरहेको छ। 

विमानस्थलका अनुसार बन्दाबन्दीमा ९३ अन्तरराष्ट्रिय उडान भएका छन् । तीमध्ये सबैभन्दा बढी यात्रु चार्टर्ड उडानका हुन्। ती उडानबाट करिब आठ हजार यात्रु विभिन्न मुलुक फर्किएका छन्।

प्रकाशित मिति: १३:५१ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्