कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक बस्दै
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ । समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुनेछ ।
काठमाडौं, भदौं २३ : नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिको बैठक आज बस्दै छ ।
बैठक ललितपुरको सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बस्नेछ ।
समितिका सदस्यसचिव राजु कटुवालका अनुसार बैठकमा निर्वाचनसम्बन्धी आगामी रणनीति तथा आवश्यक तयारीका विषयमा छलफल हुनेछ ।
यसैबीच, नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आइतबार बसेको बैठकले भदौ २४ गतेका लागि तोकिएको वडा अधिवेशन असोज पहिलो साता गर्ने निर्णय गरेको छ ।
प्रकाशित मिति: ०८:५५ बजे, मंगलबार, भदौ २३, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











