Kathmandu Press

संसारकै लामो लकडाउन खुल्यो, मनिला ८० दिनपछि खुला

काठमाडौं, जेठ १९ : कोरोना भाइरसको संक्रमण नघटेपनि फिलिपिन्सको राजधानी मनिलामा ८० दिनपछि लकडाउन खुलेको छ। यो कोरोनाका लागि गरिएको संसारकै सबैभन्दा लामो....

संसारकै लामो लकडाउन खुल्यो, मनिला ८० दिनपछि खुला
बीबीसी

काठमाडौं, जेठ १९ : कोरोना भाइरसको संक्रमण नघटेपनि फिलिपिन्सको राजधानी मनिलामा ८० दिनपछि लकडाउन खुलेको छ। यो कोरोनाका लागि गरिएको संसारकै सबैभन्दा लामो लकडाउन हो।

कोरोना भाइरसको उद्गमस्थल चीनको वुहानमा पनि यति लामो लकडाउन गरिएको थिएन्। वुहानमा ७६ दिनसम्म लकडाउन गरिएको थियो। तर, फिलिपिन्सको मनिलामा ८० दिन लकडाउन गरिएको हो।

मनिलमा करिब दुई करोड १० लाख मानिस बस्छन्। कोरोना संक्रमण देखिएपछि मार्च १५ देखि लकडाउन सुरु गरिएको थियो। अहिलेसम्म फिलिपिन्समा १८ हजार ८६ जनामा कोरोना देखिएको छ। त्यसमध्ये नौ सय ५७ जनाको मृत्यु भएको छ।

देशभर देखिएका संक्रमितमध्ये १२ हजार ९१ मनिलामै छन्। तीन हजार संक्रमित निको भएपनि अझै आठ हजार आठ सय २५ जनाको उपचार चलिरहेको छ। संक्रमण थपिने क्रम रोकिएको छैन।

८० दिनसम्म लकडाउन गर्दा पनि संक्रमण नरोकिएपछि आजदेखि खोलिएको हो। लकडाउनले जनजीवन तहसनहस हुन थालेको उल्लेख गर्दै लकडाउन खोलिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।  सोमबारदेखि बजार खुलेको छ। कामकाज सुरु भएको छ। कर्मचारी र सर्वसाधारणलाई काममा जान दिइएको छ। होटल तथा रेस्टुरेन्ट खुलेका छन्, तर त्यहाँ बसेर खान भने दिइनेछैन।

लकडाउन खुलेपनि बार, सिनेमाघर र भिडभाड हुने सार्वजनिक स्थलहरु भने बन्दै नै रहेका छन्। मास्क लगाउन र दूरी कामय गर्न निर्देशन दिएको छ।

प्रकाशित मिति: १३:२७ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्