रसुवा बाढी : १ हजार ३५५ शव फेला, ४ हजार ९९३ हजार सम्पर्कविहीन
४ हजार ९९६ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ।
काठमाडौं, भदाै २३ : रसुवाको भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनाशकारी बाढीमा परी हालसम्म १ हजार ३५५ जनाको शव फेला परेको छ।
४ हजार ९९६ हजार नागरिक अझै सम्पर्कविहीन रहेका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अद्यावधिक विवरण सार्वजनिक गर्दै खोज, उद्धार तथा राहत कार्यलाई तिव्रस्तरमा अघि बढाइएको जनाएको छ।
प्राधिकरणका अनुसार फेला परेका १ हजार ३५५ शवमध्ये हालसम्म ९८ जनाको मात्र सनाखत भई परिवारलाई बुझाइएको छ।
बाढीले बगाएर ल्याएका शवहरू विभिन्न आठ जिल्लामा फेला परेका छन्। जसअनुसार नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २२१, नुवाकोटमा १९७, चितवनमा १६३, रसुवामा १६९, गोरखामा ७५, धादिङमा ७० र तनहुँमा ३८ वटा शव फेला परेका हुन्।
सम्पर्कविहीन हुनेहरूमा नुवाकोट जिल्ला प्रशासनबाट प्राप्त विवरणअनुसार करिब २ हजार ३४० जना, रसुवाबाट १ हजार ९६७ जना, विदेशी नागरिक ५८९ जना तथा सुरक्षाकर्मी र कर्मचारी करिब १०० जना रहेका छन्।
प्रभावित क्षेत्रबाट हालसम्म १३ हजार ३९६ जनाको सकुशल उद्धार गरिएको छ।