Kathmandu Press

भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव फेला

नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्।
भोटेकोशी बाढी : १ हजार ३४१ वटा शव फेला

काठमाडौं, भदाै २१ : रसुवाको भोटेकोशी नदीमा आएको बाढी कारण हालसम्म १ हजार ३४१ जनाको शव फेला परेको छ। 

नेपाल प्रहरीले आज बिहान ७ः४० बजेसम्मको सार्वजनिक गरेको विवरण अनुसार ४ हजार ४४ जना अझै सम्पर्कविहीन छन्। प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा ७ हजार ९१२ जना प्रहरी परिचालन गरिएको छ। 

त्यस्तै, बाढीमा परेका ९ हजार १५१ जना घाइतेहरुको उद्धार गरिएको छ। प्रहरीले हालसम्म १ हजार ३७ जनाको शव व्यवस्थान गरेको जनाएको छ। 

प्रकाशित मिति: १२:१५ बजे, आइतबार, भदौ २१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्