भोटेकोशीको बाढीले रसुवागढी आयोजनामा व्यापक क्षति, ९३ जना अझै सम्पर्कविहीन
बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ । बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ। विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ।
काठमाडौं, भदाै २१ : रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण रसुवागढी जलविद्युत् आयोजनामा कार्यरत ९३ जना कर्मचारी तथा कामदारहरू १० दिनदेखि सम्पर्कविहीन भएका छन् ।
गत भदौ १० गते बिहान करिब ८ः४० बजे आएको आकस्मिक बाढीले आयोजनाको बाँधस्थल, पावरहाउस र कर्मचारी आवासगृहमा ठूलो क्षति पु¥याएपछि उनीहरू बेपत्ता भएका हुन्।
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडका अनुसार सम्पर्कविहीन हुनेहरूमा ५१ जना स्थायी कर्मचारी, कम्पनीका सञ्चालक सुनौ औदी तामाङ र उनकी धर्मपत्नी, २ जना दैनिक ज्यालादारी कामदार र ३९ जना ठेकेदारतर्फका जनशक्ति रहेका छन् । बाढीको समयमा आयोजनास्थलमा रहेका केही स्थानीय कर्मचारीहरूले भागेर ज्यान जोगाउन सफल भए पनि अन्य ठूलो संख्याका कर्मचारीहरू सुरक्षित स्थानतर्फ जान नपाउँदै बाढीको चपेटामा परेको प्रारम्भिक अनुमान गरिएको छ।
बाढीले आयोजनाको संरचनामा अकल्पनीय क्षति पु¥याएको छ । बाढीसँगै आएको लेदो र ढुङ्गाले बाँधस्थल, साइट कार्यालय, विद्युत् गृह र प्रसारण लाइन ध्वस्त बनाएको छ। विशेषगरी ट्रान्सफर्मर क्याभर्न र पावरहाउस पूर्ण रूपमा लेदोले भरिएकाले भित्र फसेका हुनसक्ने कर्मचारीहरूको अवस्था पहिचान गर्न कठिन भएको कम्पनीले जनाएको छ।
घटना लगत्तै कम्पनीले हेलिकप्टर र नेपाली सेनाको सहयोगमा खोजी तथा उद्धार कार्य सुरु गरेको थियो। बाढी आएको दिनदेखि नै नेपाली सेना, सशस्त्र प्रहरी र निजी क्षेत्रका उद्धार टोलीहरू परिचालन गरिएका छन् । उद्धारका लागि फिष्टेल एयरको हेलिकप्टरबाट टोली पठाइए पनि प्रतिकूल मौसम र भौगोलिक विकटताका कारण खोजी कार्यमा बाधा पुगेको छ। कम्पनीले काठमाडौँस्थित कार्यालयमा ‘हेल्प डेस्क’ स्थापना गरी पीडित परिवारलाई जानकारी दिने व्यवस्था मिलाएको छ।
उद्धारका लागि ‘नेपाल नेसनल माउन्टेन गाइड एसोसिएसन’ र ‘हिमालय समिट क्लब’ का दक्ष रक क्लाइम्बरहरू समेत परिचालन गरिएको छ। यद्यपि, पावरहाउसभित्र जमेको ठूलो मात्राको लेदो ९म्भदचष्क० र ढुङ्गाका कारण उपकरणहरू भित्र लैजान समस्या देखिएको छ। नेपाली सेनाको रेस्क्यु टोलीले भदौ २० गतेसम्म पावरहाउसको केही भागमा रेकी गरे पनि कुनै पनि कर्मचारीको अवस्था पत्ता लाग्न सकेको छैन।
कम्पनीले ऊर्जा मन्त्रालय, गृह मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण र जिल्ला प्रशासन कार्यालयसँग समन्वय गरी खोजी कार्यलाई तीव्रता दिएको जनाएको छ।
बाढी आएको १० दिन बितिसक्दा पनि ठूलो संख्यामा कर्मचारीहरू सम्पर्कविहीन रहेकाले परिवारजनमा चिन्ता र आक्रोश बढ्दै गएको छ । कम्पनीले उपलब्ध सबै स्रोत र साधन प्रयोग गरी अन्तिम सम्भावना भएसम्म खोजी कार्य जारी राख्ने प्रतिबद्धता व्यक्त गरेको छ।











-1788524800.jpg)