भैरहवाको भीम अस्पतालबाट २५ कोरोना संक्रमित डिस्चार्ज
भैरहवा, जेठ १९ : रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जनाले कोरोना जितेका छन्। चार र १० वर्षीय बालकसहित २२ जना पुरुष र तीन महिला सोमबार डि....

भैरहवा, जेठ १९ : रुपन्देहीको भैरहवास्थित भीम अस्पतालमा उपचाररत २५ जनाले कोरोना जितेका छन्। चार र १० वर्षीय बालकसहित २२ जना पुरुष र तीन महिला सोमबार डिस्चार्ज भएका हुन्।
१४ दिन आइसोलेसनमा बसेका २५ जनाको लगातार दुई पटकसम्म गरिएको पीसीआर परीक्षणमा रिपोर्ट नेगेटिभ आएपछि डिस्चार्ज गरिएको अस्पतालले जनाएको छ।
डिस्चार्ज भएकाहरुलाई प्रदेश ५ का सामाजिक विकासमन्त्री सुदर्शन बराल, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, अस्पतालका चिकित्सक र स्वास्थ्यकर्मीहरुले पुष्पगुच्छा दिएर बिदाइ गरेका थिए।
प्रकाशित मिति: १२:५७ बजे, सोमबार, जेठ १९, २०७७
प्रतिक्रिया दिनुहोस्
थप समाचार











