Kathmandu Press

भोटेकोशी बाढी : १३४४ जनाको शव फेला, ५ हजार सम्पर्कविहीन

फेला परेका शवमध्ये रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३० र चितवनमा ३६० रहेका छन् । 
भोटेकोशी बाढी : १३४४ जनाको शव फेला, ५ हजार सम्पर्कविहीन

काठमाडौं, भदाै २० : रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म १ हजार ३४४ जनाको मानवीय क्षति भएको छ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ५ हजार जना अझै सम्पर्कविहीन छन् ।

प्राधिकरणले सार्वजनिक गरेको दिउँसो १२ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा शव तथा मानव अंग फेला परेका छन् ।

फेला परेका शवमध्ये रसुवामा १६०, नुवाकोटमा १९२, धादिङमा ६७, गोरखामा ७३, तनहुँमा ३८, नवलपरासी पूर्वमा २२२, नवलपरासी पश्चिममा २३० र चितवनमा ३६० रहेका छन् । 

बाढी तथा विपद्का घटनामा हालसम्म उपचार गरिएका घाइतेहरुको संख्या ५ हजार ६६३ जना छन् । 

प्राधिकरणका अनुसार हालसम्म १३ हजार ९८ जनाको उद्धार गरिएको छ । 

प्रकाशित मिति: १३:४१ बजे, शनिबार, भदौ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्