पहिरोले कर्णाली करिडोर अवरुद्ध
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ।
बाजुरा, भदाै २० : गए रातिदेखि परेको अविरल वर्षापछि आएको पहिरोले कर्णाली करिडोर सडकखण्ड अवरुद्ध भएको छ । बाजुराको जगन्नाथ गाउँपालिका–५ भुकाह खोलामा पहिरो खसेपछि सडक अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी एवं प्रहरी निरीक्षक गगनसिंह भाटका अनुसार हिमाली गाउँपालिका–७ बाधु र जगन्नाथ गाउँपालिका–५ मा माथिबाट आएको पहिरोले सडकखण्ड अवरुद्ध भएको छ।
कर्णाली करिडोरअन्तर्गत बाधुमा आएको पहिरो पीएस कन्स्ट्रक्सनको जेसीबी प्रयोग गरी हटाएर खुलाइए पनि जगन्नाथको भुकाह खोलामा पनि पहिरो खस्दा सडक अवरुद्ध भएको छ।
सडक अवरोध खुलाउन प्रहरीचौकी जुड्डीबाट प्रहरी सहायक निरीक्षक रमेश रावलको कमाण्डमा तीन जनाको प्रहरी टोली घटनास्थलमा खटिएको छ।
सडक अवरुद्ध हुँदा गन्तव्य स्थानतर्फ जाने सवारीसाधन बाटोमा रोकिएका छन्।
प्रकाशित मिति: १२:२९ बजे, शनिबार, भदौ २०, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार