Kathmandu Press

अस्ट्रेलियाले अगस्तमा जिम्बाबेसँग एकदिवसीय सिरिज खेल्ने 

काठमाडौं, जेठ १९ : जिम्बाबेविरुद्ध खेल्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गर्ने भएको छ। कोरोना भाइरसका कारण रोकिएको क्रिकेट अस्ट्रेलियाल....

अस्ट्रेलियाले अगस्तमा जिम्बाबेसँग एकदिवसीय सिरिज खेल्ने 

काठमाडौं, जेठ १९ : जिम्बाबेविरुद्ध खेल्दै अस्ट्रेलियाले अन्तर्राष्ट्रिय क्रिकेट सुरुवात गर्ने भएको छ। कोरोना भाइरसका कारण रोकिएको क्रिकेट अस्ट्रेलियाले आगामी अगस्तमा जिम्बाबेसँग सुरु गर्न लागेको हो। 

जिम्बाबेले अगस्त दोस्रो साता अस्ट्रेलिया भ्रमण गर्ने छ। जिम्बाबे र अस्ट्रेलियाबीच तीन खेलको एकदिवसीय सिरिज हुने तय भएको अस्ट्रेलियान क्रिकेट बोर्डले जनाएको छ। सिरिज क्वीन्सल्यान्ड र टाउन्सविलमा हुने छ।  

बोर्डका अनुसार अस्ट्रेलिया र जिम्बाबेबीचको सिरिज ९ अगस्तबाट सुरु हुनेछ। दोस्रो एकदिवसीय १२ अगस्तमा हुने छ भने तेस्रो एकदिवसीय १५ अगस्तमा हुनेछ। 

अस्ट्रेलिया र जिम्बाबेबीचको सिरिज सम्भवतः कोरोनाको महामारीपछिको पहिलो अन्तर्राष्ट्रिय खेल हुनेछ। कोरोनाका कारण मार्चबाट सम्पूर्ण अन्तर्राष्ट्रिय क्रिकेट गतिविधि बन्द छ।

कोरोनाको महामारी लगत्तै अस्ट्रेलियाले वेस्टइन्डिज, भारत र अफगानिस्तानसँग पनि घरमै सिरिज खेल्ने छ।

प्रकाशित मिति: १२:४६ बजे, सोमबार, जेठ १९, २०७७
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्