Kathmandu Press

सुरुङको उत्खननमा थपिंदै एक्स्काभेटर

उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ।
सुरुङको उत्खननमा थपिंदै एक्स्काभेटर

काठमाडौं, भदौ २० : रसुवा बाढीले प्रभावित जलविद्युत आयोजनाको सुरुङमा फसेकाको उत्खननका लागि एक्स्काभेटर थपिँदैछ।

उत्खनन तथा उद्धारको लागि ३ वटा एक्सााभेटर प्रयोग भैरहेकोमा उत्खनन कार्यलाई अझै तीव्रताका साथ अगाडि बढाउनको लागि थप एक्स्काभेटर सहयोगको लागि आयोजना स्थलबाटै सडक डिभिजन कार्यालय नुवाकोटलाई पत्रचार भएको छ।

त्रिशूली ३ ए को सर्भे टोलीले त्यसस्थानमा पुगेर सर्वेक्षण कार्य सम्पन्न गरी पावरहाउससहित सबै भवनहरूको सिमाना चिन्ह लगाएको छ।

हाल उत्खनन कार्य कार्यालय भवनको स्थानमा भइरहेको छ।

सर्भे टिमले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र गृह मन्त्रालयमा गरेको ब्रिफ्रिङका अनुसार पावरहाउसको माथिबाट नदी बगिरहेको छ।

त्रिशूली ३ ए बाट उत्खन्न तथा उद्धारको कार्य सम्बन्धित सामग्री तथा औजारहरु यस आयोजनास्थल त्रिशुली ३ बि लाइ उपलब्ध गराउने गरी व्यवस्थित गरिएको छ।

प्रकाशित मिति: १२:२३ बजे, शनिबार, भदौ २०, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्