त्रिशूली ३ ‘ए’ मा सुरूङभित्र एकभन्दा बढी मान्छेको आवाज पुष्टि
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ ।
काठमाडौं, भदाैं१९ : ‘त्रिशूली ३ ए’को टनेल भित्रबाट मानिसको आवाज आएको नेपाली सेनाले बताएको रास्वपा सांसद श्रीराम न्यौपानेले बताएका छन् ।
नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङभित्र प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ ।
सोही क्रममा सुरुङ भित्रबाट मानिस बोलेको आवाज सुनिएको उनले बताएका हुन् ।
उनले बिहीबार साँझसम्म इन्जिनियरको भूमिकामा साइटमै रहेर आफैँ उद्धार तथा खोजी कार्यमा संलग्न रहेको उनले बताएका छन् ।
प्रकाशित मिति: ०८:४० बजे, शुक्रबार, भदौ १९, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











