Kathmandu Press

अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

अब राहत होइन, नेपालले जलवायु क्षतिपूर्ति माग्नुपर्छ : मनिष झा

काठमाडौं, भदाै १८ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद मनिष झाले नेपालले प्राकृतिक विपद्बाट भएको क्षतिका लागि अब राहत नभई अन्तर्राष्ट्रिय समुदायसँग क्षतिपूर्ति माग्नुपर्ने बताएका छन् । 

बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद झाले जलवायु परिवर्तनमा नेपालको योगदान नगण्य रहे पनि त्यसको असर नेपालले ठूलो रूपमा भोगिरहेको भन्दै कार्बन उत्सर्जनमा ठूलो हिस्सा ओगट्ने देशहरू क्षतिपूर्तिका लागि जिम्मेवार हुनुपर्ने बताए । 

उनले नेपालले वन क्षेत्र विस्तार, विद्युतीय सवारीसाधनको प्रयोग र जलविद्युत् विकासमार्फत वातावरण संरक्षणमा योगदान गरिरहेको उल्लेख गरे । 

उनले भने, ‘अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ। क्षतिपूर्ति माग्ने बेला आएको छ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’

सांसद झाले यस विषयमा सबै नेपाली र राजनीतिक दलहरू एक ठाउँमा उभिएर अन्तर्राष्ट्रिय मञ्चमा आवाज उठाउनुपर्ने बताए ।

उनले भने, ‘अब सम्पूर्ण नेपाली र सबै राजनीतिक दलहरू यो मुद्दामा एक ठाउँमा उभिने र अन्तर्राष्ट्रिय मञ्चहरूमा यस आवाजलाई उठाउने बेला आएको छ । अब हामी राहतका लागि हात फैलाइरहेका छैनौँ । त्यो समय आइसकेको छ र यी सबै कार्बन उत्सर्जनका लागि जिम्मेवार रहेका देशहरू नै नेपाललाई क्षतिपूर्ति तिर्न जिम्मेवार हुनुपर्छ । हामी हाम्रो देशलाई अर्को पुस्ताका लागि यस्तो अवस्थामा छोडेर जान सक्दैनौँ। हामीले कुनै कारण सिर्जना गरेका छैनौँ, हामी जिम्मेवार छैनौँ, तैपनि हामीले मूल्य चुकाइरहेका छौँ।’

त्यस्तै, उनले विपद्का बेला उद्धार तथा राहतका लागि सुरक्षा निकायलाई पर्याप्त स्रोतसाधन सम्पन्न बनाउनुपर्नेमा पनि जोड दिए । नेपाल प्रहरीसँग आफ्नै हेलिकप्टरसमेत नरहेको उल्लेख गर्दै उनले विपद्को समयमा सुरक्षा निकायले प्रभावकारी रूपमा उद्धार गर्न सक्ने गरी आवश्यक स्रोतसाधन उपलब्ध गराउनुपर्ने बताए ।

‘हाम्रो सुरक्षा निकाय जहिले पनि लट्ठीकै भरमा ड्युटी गर्ने कि स्रोतसम्पन्न पनि गर्ने हो? यस्तो परेको बेलामा उहाँहरू खट्न सकोस् र सबै आवश्यक उद्धार गर्न सकोस् भन्ने कुरा पनि हामीले सोच्न 

प्रकाशित मिति: १८:२९ बजे, बिहीबार, भदौ १८, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्