क्वारेन्टाइनमा मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ
डडेल्धुरा, जेठ १९ : डडेल्धुरा बहुमखी क्याम्पसको क्वारेन्टाइनमा आइतबार मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ आएको छ।
धनगढीस्थित सेती प्रादेशिक अ....

डडेल्धुरा, जेठ १९ : डडेल्धुरा बहुमखी क्याम्पसको क्वारेन्टाइनमा आइतबार मृत्यु भएका बालकको रिपोर्ट नेगेटिभ आएको छ।
धनगढीस्थित सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा कोरोना नदेखिएको डडेल्धुरा अस्पतालले जनाएको छ। बालकको मृत्यु भएपछि स्वाब नमुना धनगढी पठाइएको थियो। सोमबार आएको रिपोर्टमा कोरोना संक्रमण नदेखिएको अस्पतालले जनाएको छ।
आमाबाबुसँगै भारतको मुम्बईबाट आएका साढे ६ वर्षीय बालकलाई शनिबार डडेल्धुरा बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा राखिएको थियो। सिकिस्त भएपछि आइतबार बिहान डडेल्धुरा अस्पताल लगिएको थियो।
अस्पताल पुग्ने वितिक्कै चिकित्कसले मृत घोषणा गरेका थिए। उनलाई यस अघि मलेरिया रोग लागेको थियो। मुम्बईमै उपचार गरिएको थियो।











