सडक सञ्चालन गर्न कृष्णभीरमा रुख काट्न थालियो
२९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ। सडक मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ।
चितवन, भदौ १८ : त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त बनेको नागढुंगा–मुग्लिङ सडकखण्ड अन्तर्गत कृष्णभीरमा सडक सञ्चालनका लागि रुख काट्न थालिएको छ।
बाढीले सडक भासिएपछि अवरुद्ध बनेको उक्त अवरुद्ध छ ।
२९ जना जनशक्ति परिचालन गरी सडकको दुवैतर्फबाट रुख कटानको काम भइरहेको छ। सडक मर्मत र पहिरो व्यवस्थापनका निम्ति जियोटेक्निकल टोलीलाई समेत कार्यस्थलमा खटाइएको छ।
नेपाल जियोटेक सोसाइटीले उक्त क्षेत्रको प्राविधिक अध्ययन गरिरहेको र बिहीबार बेलुकासम्म बाटो खुलाउने प्रक्रियासम्बन्धी नक्सांकनसहितको प्रतिवेदन बुझाउने तयारी गरेको छ।
सोसाइटीको प्रतिवेदन प्राप्त भएलगत्तै पहिरो पन्छाउने र सडक खुलाउने गर्ने काम औपचारिक रूपमा थालिने छ।
प्रकाशित मिति: १२:४८ बजे, बिहीबार, भदौ १८, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार