Kathmandu Press

संक्रमित बढेसँगै महोत्तरीमा आइसोलेसन कक्षको अभाव

महोत्तरी, जेठ १९ : महोत्तरी जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या बढेसँगै संक्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ। जिल्ला सदरमुकाम जलेश्वरस्थित....

संक्रमित बढेसँगै महोत्तरीमा आइसोलेसन कक्षको अभाव
फाइल फोटो

महोत्तरी, जेठ १९ : महोत्तरी जिल्लामा कोरोना भाइरस संक्रमितको सख्या बढेसँगै संक्रमितलाई राख्न आइसोलेसन कक्षको अभाव भएको छ। जिल्ला सदरमुकाम जलेश्वरस्थित जिल्ला अस्पतालमा कूल ५० जना संक्रमित राख्ने आइसोलेसन कक्ष स्वीकृत भए पनि संक्रमित थपिएपछि  हाल १५ जना मात्र अट्ने कक्ष बनाइएको छ।

महोत्तरीमा कोरोना संक्रमितको संख्या २३ र आरडिटीबाट ३७ जना गरी ६० पुगेको छ। पीसीआरका १९ जना र आरडिटी नौ जना गरी २८ बिरामी उपचारका लागि जलेश्वरस्थित जिल्ला अस्पतालमा भर्ना भएका छन्। अन्यको उपचार जनकपुर कोरोना अस्पतालमा भइरहेको छ।

भवनमा आइसोलेसन कक्ष र भेन्टिलेटरसहितका कक्ष निर्माण कार्य जारी रहेको छ। कोरोना संक्रमण पुष्टि भइसकेकालाई क्वारेन्टाइनस्थलमै राखिँदा त्यहाँ रहेका अन्य व्यक्तिमा समेत संक्रमण फैलिन सक्ने खतरा बढेको छ। संक्रमणको त्रास बढेको दुई महिनाभन्दा बढी बितिसक्दा पनि अस्पतालमा आइसोलेसन कक्ष निर्माणमा तदारुकता नदेखाइएका कारण अहिले आएर संक्रमितलाई राख्ने स्थानको अभाव भएको हो।

कोरोना संक्रमितको संख्या प्रतिदिन बढ्दै जान थालेपछि जिल्लाको मौजुदा क्षमताले उपचार प्रक्रिया थाम्न नसक्ने देखिएको छ। पिपिई, कीट, भिटिएम, आइसोलेसन श्यया, पीसीआर उपकरण र भेन्टिलेटर सामग्री पर्याप्त छैन नै स्वास्थ्यकर्मीको जनशक्ति पनि अपुग छ। 

प्रकाशित मिति: ११:५९ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्