रसुवा बाढीबारे प्रतिनिधिसभामा विशेष प्रस्ताव पारित
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
काठमाडौं, भदौ १७ : रसुवा बाढीबारे प्रतिनिधिसभाबाट विशेष प्रस्ताव पारित भएको छ।
बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख डीपी अर्यालले पेश गरेको विशेष प्रस्ताव सर्वसम्मतिले पारित भएको हो।
बाढीमा ज्यान गुमाउनेहरूको सम्झनामा १ मिनेट मौन धारणा पनि गरिएको थियो।
नेताहरूको सम्बोधनपछि सभामुख अर्यालले विशेष प्रस्ताव प्रस्तुत गरेका थिए। जसलाई सभाले सर्वसम्मत रुपमा पारित गरेको हो। मंगलबार राष्ट्रिय सभाले पनि रसुवाबाढीबारे विशेष प्रस्ताव पारित गरेको थियो।
प्रकाशित मिति: १७:०२ बजे, बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार