भोटोकोशी बाढी प्रभावितलाई स्वास्थ्य व्यवसायी महासंघको २० लाख सहयोग
संघ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५ हजार रुपैयाँ जम्मा गरेको छ।
काठमाडौं, भदौ १७ : भदौ १० गते आएको विनाशकारी भोटोकोशी बाढीबाट प्रभावितका लागि नेपाल स्वास्थ्य व्यवसायी महासंघले सहयोग गरेको छ।
संघ बाढी प्रभावितको राहत तथा उद्धारका लागि प्रधानन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख ५ हजार रुपैयाँ जम्मा गरेको छ।
बाढी–पहिरो तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकलाई राहत पुर्याउने उद्देश्यले उक्त रकम प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको संघका अध्यक्ष कैलाश खड्काले जानकारी दिए।
बाढीले रसुवाको टिमुरे, स्याफ्रुवेशी, बेत्रावती, नुवाकोटको त्रिशूली बजार र देवीघाटलगायत धादिङ, चितवन र गोरखा जिल्लाका त्रिशूली नदी तटीय क्षेत्र प्रभावित छ ।
बाढीमा परी बेपत्ता भएकामध्ये १ हजार ११४ जनाको शव फेला छ भने ३ हजार ९१६ जना सम्पर्कविहीन छन्।
प्रकाशित मिति: १६:१० बजे, बुधबार, भदौ १७, २०८३
प्रतिक्रिया दिनुहोस्
थप समाचार











