Kathmandu Press

संसदमा प्रधानमन्त्रीले भने– जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छ 

प्रधानमन्त्री शाहले उक्त घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताए। आगामी दिनमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपाल थप सचेत र पूर्वतयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।
संसदमा प्रधानमन्त्रीले भने– जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको छ 

काठमाडौं, भदौ १७ :  प्रधानमन्त्री बालेन शाहले जलवायु परिवर्तनका कारण हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको विशेष समयमा सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको भोटेकोशीमा आएको बाढीको क्षति व्यवस्थापनमा सरकार जुटिरहेको उल्लेख गर्दै विपत्ति कसरी निम्तियो भन्ने विषयमा पनि गम्भीर अध्ययन आवश्यक रहेको बताए।

उनले विज्ञहरूको भनाइ उद्धृत गर्दै रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा भएको हिम चट्याङ तथा हिमपहिरोका कारण सिर्जना भएको र यो क्षेत्रकै ठूलो विपत्तिमध्ये एक भएको बताए।

प्रधानमन्त्री शाहले उक्त घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा विपद्को जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको बताए। आगामी दिनमा यस्ता जोखिम न्यूनीकरणका लागि नेपाल थप सचेत र पूर्वतयारी अवस्थामा रहनुपर्ने उनको भनाइ थियो।

‘अचानक बेहोरेको यो ठूलो विपत्तिको क्षति व्यवस्थापनमा अहोरात्र जुट्दै गर्दा हाम्रो मनमा अर्को एउटा गहिरो प्रश्न पनि जन्मिएको छ । त्यो हो, यो विपत्ति कसरी हामीमाझ आइलाग्यो? विज्ञहरूले रसुवाको भोटेकोशी नदीमा आएको बाढी हिमालय क्षेत्रमा आएको हिमचट्याङले हिमपहिरोबाट सिर्जित र यस क्षेत्रकै ठूलो विपत्ति भएको बताएका छन्,’ उनले भने, ‘यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नुपरेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नुपरेको विपद्बारे अन्तर्राष्ट्रिय समुदायसमक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ । जलवायु परिवर्तन विश्वव्यापी योगदान हो । यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।’

उनले जलवायु परिवर्तनका कारण नेपालले भोग्नुपरेका विपद्का विषयलाई अन्तर्राष्ट्रिय समुदायसमक्ष प्रभावकारी रूपमा प्रस्तुत गर्नुपर्ने आवश्यकता औँल्याए।

उनले जलवायु परिवर्तनबाट नेपालजस्ता हिमाली मुलुकले भोगिरहेका समस्यालाई अन्तर्राष्ट्रिय तहमा गम्भीरतापूर्वक उठाउनुपर्नेमा जोड दिए। 

प्रकाशित मिति: १३:५८ बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्