Kathmandu Press

जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए आधार सुरक्षित राखिएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए।
जमिनमुनि व्यवस्थापन गरिएको शवको डीएनए आधार सुरक्षित राखिएको छ : प्रधानमन्त्री

काठमाडौं, भदाै १७ : प्रधानमन्त्री बालेन शाहले पहिचान हुन नसकेका शवलाई जमिनमुनि व्यवस्थापन गरिएतापनि डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको बताएका छन्।

बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै उनले डीएनए परीक्षण तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएको र डीएनए म्याचिङपछि सम्बन्धित परिवारलाई शव हस्तान्तरण गरिने जानकारी दिए।

प्रधानमन्त्री शाहका अनुसार हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालको सहयोगमा शव व्यवस्थापन भइरहेको उनले बताए।

पहिचान भएका शवहरू भने आफन्तको जिम्मा लगाउने काम भइरहेको प्रधानमन्त्री शाहले जानकारी दिए।

‘पहिचान हुन नसकेकाहरूको शव कानुनबमोजिम वैज्ञानिक प्रक्रिया पूरा गरी जमिनमुनि सुरक्षित रूपमा व्यवस्थापन गरिरहेका छौँ। तर, डीएनए तथा अन्य पहिचानमा सहयोग पुग्ने आधारहरू सुरक्षित राखिएका छन्,’ उनले भने, ‘यी शव डीएनए म्याचिङपश्चात् सम्बन्धित परिवारलाई हस्तान्तरण गरिनेछ।हालसम्म १११४ जनाको शव फेला परेको छ। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल, नेपालको सहयोगमा यी शव व्यवस्थापन भइरहेको छ। पहिचान भएका शवहरू आफन्तको जिम्मा लगाउने काम भइरहेको छ।’

प्रकाशित मिति: १३:५५ बजे, बुधबार, भदौ १७, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्