रुकुम पश्चिम घटनामा साम्य पार्न आर्थिक चलखेल भयोः सांसद विश्वकर्मा
काठमाडौं, जेठ १९ः नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले रुकुम पश्चिम घटनालाई साम्य पार्न जाजरकोटमा आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन्।
....
काठमाडौं, जेठ १९ः नेपाली कांग्रेसका सांसद मानबहादुर विश्वकर्माले रुकुम पश्चिम घटनालाई साम्य पार्न जाजरकोटमा आर्थिक चलखेल भइरहेको आरोप लगाएका छन्।
सोमबारको प्रतिनिधीसभा बैठकमा बोल्दै विश्वकर्माले ६ जनाको ज्यान जाने गरी भएको नरसंहारलाई सामसुम पार्न जाजरकोटमा सत्तापक्षले आर्थिक चलखेल गरेको आरोप लगाएका हुन्।
‘रुकुम पश्चिम घटनामा पाँच जनाको शव फेला परेको छ। एक जना हराइरहेका छन्। गृहमन्त्रीले उनीहरु भेरीमा हामफाले भन्नुभएको छ। तर, पोस्टमार्टम गर्दा पेटबाट पानी आएको छैन,’ उनले भने, ‘गृहमन्त्रीले कर्मचारीको नेतृत्वमा छानविन समिति बनाएको भन्नुभएको छ। त्यसले न्याय दिन सक्दैन। त्यो समिति हामीलाई मान्य छैन। जाजरकोटमा सत्ता पक्षले आर्थिक चलखेल गरेको छ।’
उनले कांग्रेसले संसदीय छानविन समितिको माग गरेको र तुरुन्त दलित सांसदको नेतृत्वमा संसदीय छानविन समिति गठन गर्न माग गरे।











