Kathmandu Press

मंगलबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं, जेठ १९ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ। पश्चिमी वायु र पूर्वी भूभाग नजिक बने....

मंगलबारदेखि मौसम क्रमिक सुधार हुँदै जाने

काठमाडौं, जेठ १९ : पश्चिमी वायुको प्रभावले केही दिन यतादेखि प्रभावित मौसम भोलिबाट क्रमिक सुधार हुँदै जाने भएको छ। पश्चिमी वायु र पूर्वी भूभाग नजिक बनेको निम्न चापीय रेखाले काठमाडौं उपत्यकासहित देशका अधिकांश स्थानमा वर्षा भइरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

ती मौसमी प्रणाली बाहिरिने क्रम शुरु भएकाले भोलिबाट मौसम सफा हुने मौसमविद्को भनाइ छ। हाल देशभर सामान्य बदली रही देशका प्रदेश नं ५, गण्डकी र वागमती प्रदेशका केही भू–भागमा वर्षा भइरहेको छ। दिउँसो देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी भूभागमा सामान्य बदली रही पश्चिमी पहाडी भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ। 

मंगलबार देशको पूर्वी भूभागलगायत मध्य तथा पश्चिमी पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ। बुधबार देशको पहाडी भूभागमा सामान्य बदली रही बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ। महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकामा १३ दशमलव ८ मिलिमिटर वर्षा भएको छ।

प्रकाशित मिति: ११:४२ बजे, सोमबार, जेठ १९, २०७७
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्